पहिलो राजकीय भ्रमण भारत गर्ने प्रचलन भत्काएर चीन जाँदै माल्दिभ्सका राष्ट्रपति
काठमाडौं । राष्ट्रपति भएपछि पहिलो राजकीय भ्रमण भारत गर्ने प्रचलन भत्काउँदै माल्दिभ्सका राष्ट्रपति डाक्टर महामेद मुइजू आइतबार चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । ६ दिने चीनको औपचारिक भ्रमणमा जाने सूचना माल्दिभ्सको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
माल्दिभ्सकी प्रथम महिला साजिदा महामेद पनि औपचारिक भ्रमणमा सहभागी हुने भएकी छन् । राष्ट्रपतिको राजकीय भ्रमण जनवरी ७ बाट १२ सम्म हुने बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उनी चीन जान लागेको राष्ट्रपति कार्यालयले जनाएको छ । आफ्नो पहिलो राजकीय भ्रमण चीनको गरे पनि पहिलो विदेश भ्रमण भने चीन होइन । उनी गत जुन २१ मा दुईदिने दुबईको अनौपचारिक भ्रमणमा निस्किएका थिए ।
माल्दिभ्समा भएका भारतीय सैनिकलाई हटाउने मुद्दा लिएर चुनावमा उठेका राष्ट्रपति महामेदले एक दिन अगाडि भारतको टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिँदै माल्दिभ्सका जनताले विदेशी सैनिकहरु राख्न ‘नो’ भनेको भन्दै भारत जस्तो प्रजातन्त्रले माल्दिभ्सको सदनबाट स्वीकृति नदिइकन सैनिक राख्नु गलत भएको बताएका थिए ।
उनले आफू भारत वा चीनपरस्त नभइ माल्दिभ्स परस्त भएको बताएका छन् ।
प्रचण्डले गुरु थाप्नु ।