सुदूरपश्चिममा एक वर्षपछि संसदीय समितिले नेतृत्व पाउँदै, यस्तो छ निर्वाचन तालिका – Nepal Press

सुदूरपश्चिममा एक वर्षपछि संसदीय समितिले नेतृत्व पाउँदै, यस्तो छ निर्वाचन तालिका

कैलाली । सुदूरपश्चिम प्रदेशका संसदीय समितिले एक वर्षपछि नेतृत्व पाउने भएको छ । यही पुस २५ गते चार समितिको सभापतिको लागि निर्वाचन गर्ने गरी प्रदेशसभा सचिवालयले तालिका सार्वजनिक गरेको छ ।

यहाँ सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विधायन तथा प्रदेश मामिला समिति छन् । अहिलेसम्म सबै समिति ज्येष्ठ सदस्यको भारमा चलिरहेका छन् । प्रदेशले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते मतदाता नामावली प्रकाशन र २५ गते निर्वाचन हुनेछ ।

पुस २४ गते नै मतदाता नामावलीमाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन, सभापति पदमा निर्वाचन गर्ने प्रस्ताव दर्ता गर्ने निर्वाचन तालिका छ । पुस २५ गते सभापतिको उम्मेदवारमाथि दाबी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचनको लागि बैठक प्रारम्भ भई परिणाम घोषणा गर्ने कार्यतालिका छ ।

चार वटा विषयगत समितिलाई ६ वटा बनाउने गृहकार्य पनि भएको थियो । तर, सहमति नजुटेपछि ४ वटै समितिको निर्वाचन गर्ने गरी प्रदेशसभा सचिवालयले तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर