भारतमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा पाँच नेपाली खेलाडीले जिते २ स्वर्ण र ३ रजत
काठमाडौं । भारतको कोलकातामा भएको गुडविल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका पाँच खेलाडीले २ स्वर्ण र ३ रजत पदक जितेका छन् ।
पुस २० र २१ गते दुई दिन भएको प्रतियोगितामा आईटीएफ नेपालका निशान्त लामिछानेले जुनियरतर्फ ५९ केजी तौलमुनिको फाइलनमा भारतका प्रतीकलाई हराएका थिए ।
त्यस्तै ६८ केजीमुनिको स्पर्धामा नेपाली खेलाडीद्व आस्तिक नकर्मी र शान्तकुमार रानामगर फाइनल पुगेका थिए । जसमा आस्तिकलाई हराउँदै शान्तकुमारले नेपालको लागि दोस्रो स्वर्ण पदक सुरक्षित गरे ।
नेपाली टोलीका प्रशिक्षक एवं आईटीएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतका अनुसार आस्तिक र शान्तकुमार भारतीय खेलाडीहरु क्रमशः एस तीर्थों र शिशिर केलाई हराउँदै सेमिफाइनल पुगेका थिए ।
प्रतियोगिताकै जुनियर ५५ केजीमुनि तौल समूहमा नेपाली खेलाडी जयराम बीके भरतका चेतनसँग फाइनलमा पराजित भएर रजत पदकमा चित्त बुझाउन बाध्य भए । महिला सिनियरतर्फ नेपाली खेलाडी आरती सिंख्वाल पनि फाइनलमा भारतकी खेलाडीसँग पराजित भइन् ।
नेपालका पाँचै खेलाडीले पदक जितेको उक्त प्रतियोगितामा नेपाल र भारतसगै बंगलादेश र भूटानका १३२ खेलाड़ी तथा अफिसियल सहभागी रहेको आईटीएफ नेपालका अध्यक्ष बस्नेतले जानकारी दिए ।
उनका अनुसार नेपालले थर्ड रनरअप ट्रफीसमेत हात पारेको छ । पदक वितरणमा नेपाली खेलाडीले तेक्वान्दो खेलसमेत प्रस्तुत गरेका थिए ।
अध्यक्ष बस्नेतले आफ्ना खेलाड़ीहरु आईटीएफका भएर पनि डब्लूटी तेक्वान्दोमा सहभागी भएर पनि पदक जित्नु उत्कृष्ट कौशल प्रदर्शन भएको जानकारी दिए ।
उनले आगामी फेब्रुअरी २४ र २५ मा काठमाडौंमा चौथो एभरेस्ट ओपन अज्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा मास्टर क्लास सेमिनार हुने बताए ।