जाडो बढेपछि मर्चवारीमा चार दिन विद्यालय बिदा – Nepal Press

जाडो बढेपछि मर्चवारीमा चार दिन विद्यालय बिदा

रुपन्देही । जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले विद्यालयमा चार दिन बिदा दिएको छ ।

गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामुदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो बिदा गरिएको अध्यक्ष गयाप्रसाद बरईले बताए ।

‘अत्यधिक जाडो भएको हुनाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको जानकारी गराइन्छ’, अध्यक्ष बरईद्वारा आइतबार जारी सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर