कहिलेसम्म सेयर खरिद गरेका लगानीकर्ताले शिवम सिमेन्टको बोनस सेयर पाउँछन् ? – Nepal Press

कहिलेसम्म सेयर खरिद गरेका लगानीकर्ताले शिवम सिमेन्टको बोनस सेयर पाउँछन् ?

काठमाडौं । शिवम सिमेन्टले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिँदै छ । सोही लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ ।

यो बोनस पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले पाउनेछन् । साधारण सभाका लागि शिवमले पुस १९ गते बुक क्लोज गरिसकेको छ ।

यस कारण पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीको सञ्चालक समिति बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश दिने निर्णय गरेको हो ।

यस कम्पनीले गत वर्ष पनि सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल यसको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

अहिले शिवमको सेयर मूल्य प्रतिकित्ता ५०० रुपैयाँ भन्दा बढी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर