मोदीलाई इजरायली ‘कठपुतली’ र ‘आतंककारी’ भन्ने मालदिभ्सका मन्त्री निलम्बित
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको कठपुतली र आतंककारी भन्ने तीन मन्त्री मालदिभ्समा निलम्बनमा परेका छन् ।
बिहीबार भारतको टापु लक्ष्य दीपमा पुगेर पर्यटन भिडियो सार्वजनिक गरेका मोदीलाई तीन मन्त्रीहरूले सामाजिक सञ्जालमा इरजायली कठपुतली र आतंककारी तथा मुस्लिम विरोधी भनेका थिए ।
माल्दिभ्सको अखबार अटोल टाइम्सका अनुसार उनीहरू आइतबार निलम्बनमा परेका छन् ।
मालदिभ्सका युवा सशक्तीकरण, सूचना तथा कला मन्त्रालयमा काम गर्ने सहायक मन्त्रीहरू माल्सा सरिफ, मारियाम सिउना र अब्दुल्ला मजुद मजिद निलम्बनमा परेका हुन् ।
सोमबारबाट चीनको छ दिने राजकीय भ्रमणमा जान लागेका राष्ट्रपति महोम्मद मैजुको भ्रमण अगाडि तीन मन्त्रीको निलम्बन भएको हो ।
मोदी विरुद्धको अभिव्यक्ति मन्त्रीहरूबाट आएपछि माल्दिभ्सको विदेश मन्त्रालयले त्यो नीजि भनाई भएको भन्दै स्वामित्व लिएको थिएन ।
अभिव्यक्ति स्वतन्त्रता कसैको मानमर्दनमा लगाउन नहुने भन्दै मन्त्रालयले उचित कदम चालिने बताएको थियो ।