एकअर्काका राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्दै भारत र मालदिभ्स
काठमाडौं । भारत र मालदिभ्सले एक अर्काका राजदूतलाई बोलाएर स्पष्टीकरण सोधेका छन् । आज तीन घण्टाको अन्तरालमा दुई देशले राजदूत बोलाएर स्पष्टीकरण सोधेका हुन् ।
मालदिभ्सका राष्ट्रपति महमद मैजूको चीनको राजकीय भ्रमण हुने दिनै दुई सामुद्रिक छिमेकीको कूटनीतिक लफडा भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘इजरायली कठपुतली’, ‘आतंककारी’, ‘मुस्लिम विरोधी’ भनेर तीन सहायक मन्त्रीहरूलाई आइतबार मालदिभ्सले निलम्बन गरेको थियो ।
निलम्बन पछि पनि दुई देशको कूटनीतिक सकस जारी छ । भाल्भ्सिको अखबार अटोल टाइम्सका अनुसार सोमबार भारतले मालदिभ्सका राजदूत इब्राहिम साहेबलाई बिहान ९ बजे बोलाएर स्पष्टीकरण लिएको छ ।
मालदिभ्सले पनि ‘टिट फर ट्याट’ कूटनीति गर्दै मालदिभ्सका लागी भारतीय राजदूत मुनु महावरलाई बेलाएर स्पष्टीकरण सोधेको छ । उनलाई १२ बजे स्पष्टीकरण सोधिएको हो ।