प्रचण्डलाई ‘परिवारवादी’ देख्ने दोषी चस्मा – Nepal Press

प्रचण्डलाई ‘परिवारवादी’ देख्ने दोषी चस्मा

६ हजार ईसापूर्व पहिलेको ज्ञात मानव बस्ती र प्राचीन इतिहासको समयलाई आधार मान्ने हो भने मानव जातिको पहिलो इकाइ परिवार हो । परिवार त्यो क्लस्टर हो, जसले आफ्ना भौतिक शत्रु र प्राकृतिक चुनौतीको सामना गर्न सामूहिक प्रयत्न गर्‍यो । परिवारको त्यो विरासत आधुनिक इतिहासमा आइपुग्दा मानव जातिको उन्नत सभ्यता बन्यो । सामूहिक परिवारबाट एकल परिवार र विशाल जनसंख्याबाट चुस्त जनसंख्यामा आइपुगेको यस युगप्रति विश्वको एक विराट हिस्सा अझै सन्तुष्ट छैन ।

५७ वटा देशको साझा संगठन इस्लामिक विश्व जनसंख्या नियन्त्रण र एकल परिवारको विपक्षमा निरन्तर छ । त्यसका अतिरिक्त चीनले आफ्नो ‘वान चाइल्ड पोलिसी’ परिमार्जन गरी दुई वा दुईभन्दा वढी बच्चा जन्माउने व्यवहारिक वातावरणसहित जनसंख्यासम्बन्धी नीति परिवर्तन गरेको छ । भर्खरै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्येक महिलालाई आठ वटा बच्चा जन्माइदिन आग्रह गरे ।

जापान आफ्नो घट्दो जनसंख्याबाट निकै पीडित छ र उसले युवा पुस्तालाई विवाह र घरजममा लाग्दै जनसंख्या उत्पादन गर्न प्रेरित गरिरहेको छ । उत्तर कोरियाले भर्खरै एउटा महिला सम्मेलन गरी जनसंख्या वृद्धि गर्ने परिवारका सबै आवश्यकता राज्यले अरूको भन्दा बढी सुविधासहित पूरा गर्ने वचनबद्धता गर्‍यो । उत्तर कोरियाली नेता किम जङ उनले मञ्चमा जनसंख्या वृद्धिका लागि महिलाहरूलाई गरिरहेको भावुक अपीलसँगै हलमा सहभागी महिलाहरूसमेत रोइरहेका थिए । यसको अर्थ परिवार भन्ने संस्था आज पनि विश्वको सबैभन्दा भरपर्दो, अनिवार्य र अपरिहार्य संस्था हो । त्यसमा कसैको दुई मत छैन ।

दक्षिण एसियामा विगत लामो समयदेखि राजनीतिक घरानाहरूमा परिवारवाद हावी छ । भारतमा भारतीय जनता पार्टी सरकार गठनपछि सम्भवतः वंशीय राजनीतिको अन्त्य हुने देखिन्छ । अन्यत्र लोकतान्त्रिक प्रणालीभित्र पनि वंशवादले जब्बर जरा गाडेको छ । यसर्थ राजनीतिज्ञहरूको परिवारमा उनका सन्तानहरू हावी भएपछि आफ्नै पार्टीभित्र वा बाहिर वंशवादी राजनीतिको निरन्तरताको शंकाले मानिसहरू झस्किने गर्छन् ।

प्रचण्ड परिवारमा त्यस प्रकारको योजनाबद्ध वंशका आधारमा भावी उत्तराधिकारीका लागि हानथाप भएको अवस्था होइन । दुइटा सन्तान र एउटी पत्नी गुमाउँदा समेत जो आर्यघाटमा अविचलित थिए र आफ्नो दैनिक पर्फमेन्समा अविचलित छन्, तिनलाई पारिवारवादमा फसेको आरोप लगाउनु कति न्यायसंगत हुन्छ ?

जहाँसम्म प्रचण्डको कुरा छ, त्यो मानिसहरूको अतिरिक्त शंका हो । आफ्ना सबै सन्तान युद्ध मोर्चामा होमेर पत्नीसहित प्रवासका गल्लीदेखि यो देशका हिमाल र पहाडी कुना कन्दरा घुम्ने साहस गर्ने, नेपाली समाजमा त्यस्तो जटिल चुनौती र जोखिम काँधमा बोक्ने प्रचण्ड परिवारवादी भए भन्ने तर्क गर्दा उनको जीवनको महत्वपूर्ण कालखण्डले त्यो आरोप पुष्टि गर्दैन ।

पारिवारिक मोहको इतिहास वा किंवदन्ती हेर्दा रानीपोखरी, गाईजात्रा आदिलाई हामी लिन सक्छौं । २५० वर्ष बढी लामो कुलिनतन्त्र हामीले भर्खरै त्यागेका छौं । एकै बावुका तीन छोरा प्रधानमन्त्री बनेको, तीनका छोराछोरी र नाति-नतिनाहरू पुर्खाकै व्याजमा राजनीतिमा अंशियार रहेको जस्ता दृश्य हाम्रा अघि छन् । त्यही कारणले नेपाली समाज तर्सिएको हो भने त्यसलाई प्रवृत्तिगत किटान गर्नुपर्छ । तर, सबैमाथि त्यो आरोप सही हुँदैन ।

प्रचण्ड परिवारमा त्यस प्रकारको योजनाबद्ध वंशका आधारमा भावी उत्तराधिकारीका लागि हानथाप भएको अवस्था होइन । दुइटा सन्तान र एउटी पत्नी गुमाउँदा समेत जो आर्यघाटमा अविचलित थिए र आफ्नो दैनिक पर्फमेन्समा अविचलित छन्, तिनलाई पारिवारवादमा फसेको आरोप लगाउनु कति न्यायसंगत हुन्छ ? बिरामी पत्नीलाई हेरचाहको समय नदिएको र प्रचण्ड परिवारवादी भए भन्ने आरोप लगाउने अनुहार उही भएकाले यो आफैंमा विरोधाभाषपूर्ण छ भन्ने कुरा प्रस्टै छ ।

आफ्नो पेशामा सफलता र भविष्य देख्नेहरूले आफ्ना सन्ततिलाई पनि त्यही पेशाका लागि प्रेरित गर्ने गर्छन् । थोरै आफ्नो ‘गुडविल’ पनि सन्तानको भागमा परोस् भन्ने उनीहरूको चाहना हुन्छ । विरासतको गुडविल, संस्कारको गुडविल र सर्कलको गुडविल तिनका सन्तानहरूलाई प्राप्त हुन्छ पनि । यसर्थ सन्तानलाई आफ्नो पेशामा लाग्न प्रेरित गर्नु थोरै स्वार्थ र धेरै आफ्नो पेशाप्रतिको विश्वास हो । यसलाई स्वार्थको व्याख्या गर्ने वा पेशाप्रतिको विश्वासको त्यो हेराइमा भरपर्ने कुरा हो ।

अहिलेसम्म माओवादी पार्टीबाट संघ र प्रदेशमा गरी १७० बढी मन्त्री भए र ५०० बढी मेयर-उपमेयर भए । ती सबै प्रचण्डका आफन्त त थिएनन् । बरू, दोस्रो र तेस्रो तहका नेताहरूले योगदानभन्दा निकटताका आधारमा अवसरको व्यवस्थापन गर्ने र त्यसको दोषसमेत प्रचण्डलाई जाने स्थिति माओवादी पार्टीभित्र छ ।

सत्य कुरा के हो भने यतिवेला प्रचण्डमाथि चौतर्फी प्रहार भइरहेको छ । प्रहारलाई प्रभावकारी बनाउने बहानाको खोजी गर्दा पारिवारिक मोहको बहाना सबैभन्दा सजिलो र कुनै प्रमाणले पुष्टि गर्न नपर्ने बहाना हो । त्यसका लागि धेरै केही गर्नै पर्दैन । प्रचण्ड परिवारको राजनीतिक योगदानलाई छायाँमा पारेर छोरी-ज्वाइँतिर औंला तेर्स्याइदिए पुग्छ ।

प्रचण्डमाथि प्रहारको ‘डिफेन्स’ गर्नेहरूको आवाज मधुरो छ । यस्तो किन भइरहेको छ भन्नेबारे प्रचण्डले अध्ययन गर्न भ्याएका छैनन् । वास्तवमा सत्ताको सेकेण्डरी शेयर प्राप्त गर्नेहरू थोरै हुनु स्वाभाविकै हो । तर, एउटा सर्कलले सत्ता शेयरमा आईपीओ जारीमा समेत विभेद गर्ने गर्छ । जसका कारण इमानदार र सोझा कार्यकर्ताले कहिल्यै पार्टी सत्तामा रहेको अनुभूत गर्न पाउँदैनन् ।

अहिलेसम्म माओवादी पार्टीबाट संघ र प्रदेशमा गरी १७० बढी मन्त्री भए र ५०० बढी मेयर-उपमेयर भए । ती सबै प्रचण्डका आफन्त त थिएनन् । बरू, दोस्रो र तेस्रो तहका नेताहरूले योगदानभन्दा निकटताका आधारमा अवसरको व्यवस्थापन गर्ने र त्यसको दोषसमेत प्रचण्डलाई जाने स्थिति माओवादी पार्टीभित्र छ । यसरी हेर्दा भन्न सकिन्छ- बरू प्रचण्डलाई नखाएको विष लागिरहेको छ ।

पारिवारिक विषयलाई लिएर प्रचण्डमाथि आक्रमण गर्दा प्रचण्ड परिवार राजनीतिमा छ र राजनीतिमा परिवारका सबै सदस्यको योगदान छ । उनीहरू सबै प्रचण्डको अभिभावकत्व र संरक्षकत्वमा छन् । त्यसकारण प्रचण्डको ‘केयरिङ’का लागि पनि उनीहरूले आफूलाई सचिवालयमै फिट गर्न चाहन्छन् । परिवारका सदस्यहरू भएपछि खटनपटनमा पनि ‘कम्फर्टेवल’ हुने भएकाले सचिवालयमा एक जना परिवारको सदस्य रहने कुरा अनौठो होइन ।

यसअघि माओवादीमा आशा, विश्वास र भरोसा गरिएका तीनचार जना नेता लगातार विपक्षीहरूको आक्रमणमा परे, उनीहरूको क्रेज ताछियो । त्यस्तो बेला प्रचण्डले विपक्षी हमलावारहरूमाथि प्रतिवाद वा प्रतिरक्षा गरेनन् र सिंगो पार्टी पंक्तिले एकजुटका साथ प्रतिरक्षा गरेन । अहिले अध्यक्ष प्रचण्डमाथि आक्रमण हुँदा पनि माओवादीले जुन स्केलको प्रतिरक्षा गर्नुपर्ने हो, त्यो स्केलको हुन सकेन । यसमा माओवादीहरू जिम्मेवार र गम्भीर हुनुपर्छ ।

तर, सत्ता र सरकार भनेको प्रचण्ड र सबै खराबीहरूको जड पनि प्रचण्ड, बाँकी सबै ठीक भनेको जस्तो व्याख्या गर्ने मनोविज्ञान हावी छ । त्यसका केही कारणहरू छन्ः

पहिलो- विपक्षीहरूले यस्तो विषयलाई हाइलाइट गरिरहनु उनीहरूको धर्म हो । सत्ता हमेसा धरापमा हुन्छ र त्यसलाई उल्ट्याउन विरोधीहरू चौबीसैं घण्टा सक्रिय हुन्छन् । त्यसमा लोकतान्त्रिक आवरणको तर लोकतान्त्रिक चेत भइनसकेका मुलुकहरूमा सत्तासिन शक्तिहरूलाई बदनामद्वारा नै सकाउने मूल रणनीतिअन्तर्गत विपक्षीहरू गृहकार्यमा हुन्छन् ।

दोस्रो- सबै आफ्नाहरूलाई सन्तुष्ट पार्न सकिँदैन । त्यसैले आफ्नै असन्तुष्ट पंक्तिको मधुरो आलोचना पनि विपक्षीहरूको चर्को स्वरमा मिसिन पुग्छ र त्यसले पूरै झूटलाई अर्धसत्य जस्तो देखाउँछ । सूचना प्रवाहका हिसाबले अर्धसत्य सबैभन्दा हानिकारक हुन्छ ।

तेस्रो- आफ्नै ‘डाइहार्ड’ पंक्तिमाथि विपक्षीहरूको आक्रमण हुँदा प्रचण्डले ओलीको शैलीमा प्रतिवाद गरिदिँदैनन् । त्यही भएर प्रचण्डमाथि आक्रमण हुँदा उनको डाइहार्ड पंक्तिले पनि जमेर प्रतिरक्षा गर्दैन । यसअघि माओवादीमा आशा, विश्वास र भरोसा गरिएका तीनचार जना नेता लगातार विपक्षीहरूको आक्रमणमा परे, उनीहरूको क्रेज ताछियो । त्यस्तो बेला प्रचण्डले विपक्षी हमलावारहरूमाथि प्रतिवाद वा प्रतिरक्षा गरेनन् र सिंगो पार्टी पंक्तिले एकजुटका साथ प्रतिरक्षा गरेन । अहिले अध्यक्ष प्रचण्डमाथि आक्रमण हुँदा पनि माओवादीले जुन स्केलको प्रतिरक्षा गर्नुपर्ने हो, त्यो स्केलको हुन सकेन । यसमा माओवादीहरू जिम्मेवार र गम्भीर हुनुपर्छ ।

चौंथो- माओवादीको एउटा पंक्ति सत्ताबाट सदैव अछूत जस्तो छ । उसले वर्षौं प्रचण्डको दर्शन भेट पाउँदैन । त्यसो हुँदा कर्तव्य पूरा गर्नुबाहेक आत्मीयताका साथ सशक्त रूपमा प्रतिवादका लागि त्यस्तो पंक्तिलाई जाँगर चल्दैन । यसमा पनि प्रचण्डका बाध्यता छन् । सिंगो पार्टी पंक्ति चलायमान नहुँदा त्यसको एक्लो भार प्रचण्डले बोक्नुपर्ने परिस्थितिले पनि त्यस्तो भएको हुनसक्छ ।

गंगा दाहाल वा परिवारका अरू कुनै सदस्यको आलोचना गर्नुपूर्व आन्दोलनमा उनीहरूको भूमिका के छ, वर्तमान के गरिरहेका छन्, त्यसको पनि विश्लेषण गर्नु जरूरी हुन्छ । कतै परिवारका सदस्यहरूको नाम बेचेर दोस्रो कसैले अनुचित धन्दा गर्ने र थाहै नपाई त्यसबाट गंगाहरू पो बदनाम गरिएको छ कि ? त्यसको पनि विश्लेषण आवश्यक हुन्छ ।

पाँचौं- एउटा पंक्ति पार्टीभित्र प्रचण्डको आलोचना गरे लोकप्रिय होइन्छ भन्ने भ्रम छ । त्यस्तो पंक्तिले विपक्षीहरूमाथि कहिल्यै हमला गर्दैन र आफ्नै पार्टीमाथि निरन्तर हमला गर्ने गर्छ । पार्टीको जिम्मेवार तहमा बस्ने, त्यहाँ कुनै छलफल नगर्ने तर मिडियामा ‘स्टन्ड’का रूपमा त्यस्तो प्रोपोगाण्डा गर्नेहरूले पार्टीको हित गर्दैन । प्रस्टै छ- उनीहरूको आलोचना पार्टी रूपान्तरणका निम्ति होइन, नेताहरूलाई होचो देखाएर आफू अग्लो हुने जुक्तिमात्र हो ।

छैटौं- ‘विपक्षीहरूमाथि सामूहिक हमला र प्रतिवाद गर, आन्तरिक पार्टीमा आलोचना र प्रतिआलोचनाद्वारा सहयोद्धाहरूलाई सच्याऊ, आवधिक कमिटी प्रणाली बनाऊ, जनता र कार्यकर्ताको लोकप्रियताबाट पदीय जिम्मेवारी उठाऊ’ भन्ने प्रणाली विकास नभएकाले पनि माओवादीमा हीनता, कुण्ठा, निरासा र भविष्यको आकार देख्न अप्ठेरो मान्नेहरूको जमात बढेको हुनसक्छ । एक रक्तरञ्जित इतिहास छ, अविस्मरणीय विरासत छ, विचार र एजेण्डासहितको वर्तमान छ, उन्नत दृष्टिकोण बोकेका नेता कार्यकर्ताहरूको विशाल पंक्ति छ । यसर्थ यही माओवादी पार्टीमा न्याय छ, समानता छ, भविष्य छ र अर्थपूर्ण जीवन छ । त्यसको सुनिश्चितताका लागि आजसम्म प्रचण्ड छन् र भोलिका लागि विधि तय गरिएको छ भन्ने महसुस गराउन आवश्यक छ । यसका लागि हामी सबैको पनि रचनात्मक भूमिका र योगदान हुनुपर्छ ।

यी कुराहरूमा संकल्प गर्न सकियो भने परिवार, नातागोता आदि इत्यादिका आरोपहरूले खासै अर्थ राख्ने छैनन् । घेरा साँघुरो बनाउँदै लैजाने कि फराकिलो बनाउने, पार्टीभित्र न्यायिक प्रणाली सुरु गर्ने कि भद्रगोललाई निरन्तरता दिने ? यी विषयले माओवादी पार्टीको भविष्य निर्धारण गर्नेछ ।

हामी स्पष्ट हुनुपर्छ- प्रचण्ड र उनको परिवारले राजनीतिक आन्दोलनमा जुन योगदान गरेको छ, त्यसका आधारमा प्राप्त जिम्मेवारीलाई राजनीतिक हतियारका रूपमा प्रयोग र प्रहार गरेर माओवादी आन्दोलन बलियो हुँदैन । गंगा दाहाल वा परिवारका अरू कुनै सदस्यको आलोचना गर्नुपूर्व आन्दोलनमा उनीहरूको भूमिका के छ, वर्तमान के गरिरहेका छन्, त्यसको पनि विश्लेषण गर्नु जरूरी हुन्छ । कतै परिवारका सदस्यहरूको नाम बेचेर दोस्रो कसैले अनुचित धन्दा गर्ने र थाहै नपाई त्यसबाट गंगाहरू पो बदनाम गरिएको छ कि ? त्यसको पनि विश्लेषण आवश्यक हुन्छ ।


प्रतिक्रिया

5 thoughts on “प्रचण्डलाई ‘परिवारवादी’ देख्ने दोषी चस्मा

  1. यहाँ भन्दा चाट्न नसकिने रैछ कमरेड 👏👏

  2. प्रचण्डको एक वर्षे उपलब्धि- राजनीतिक गद्दारी र बेइमानी
    यो सरकारसँग चार जनामात्र सन्तुष्ट छन्, प्रचण्ड र शेरबहादुर अनि गंगा र आरजु । देशको शासन सत्तामा दुई परिवारको यी चार जनाको हालीमुहाली देखिन्छ । वास्तवमा देशमा माओवादी र कांग्रेसको गठबन्धनले नभएर यी चार जनाको पारिवारिक गठबन्धनले शासन गरिरहेको प्रतित हुन्छ ।

  3. झोले! चम्चा !! चाटुकार!!!
    लाज लागेन यस्तो लेख्न?!!!

  4. के पाएर यत्रो चाकडी ? हरिबोल गजुरेल टिक्न नसकेर हिडेका चाहिँ के भएर नि ? जवाफ होला चाटुकारसँग ? प्रचण्डका छोरी ज्वाइभन्दा सयौं गुणा बढी योगदान भएका चाहि अरवतिर भासिएको चाटुकारले नदेखेको कि ?

  5. यो लेखको उदेश्य चाकडी बाहेक अरु देखिदैन ।जहासम्म जनयुद्धमा गरेको योगदानको कुरा छ ,के उनको परिवारको मात्रै योगदान छ? भारतीय शासकको आतिथ्यमा मात्रिभुमिमाथि गरेकोे गद्दारिको हिसाबकिताब समयले लिएर छोड्ने नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *