नेपाल स्काउटको निर्वाचन स्थगित गर्न स्काउट राष्ट्रिय परिषद्को निर्देशन – Nepal Press

नेपाल स्काउटको निर्वाचन स्थगित गर्न स्काउट राष्ट्रिय परिषद्को निर्देशन

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय परिषद्ले अहिले प्रक्रियामा रहेको नेपाल स्काउटको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ ।

नेपाल स्काउटका प्रमुख स्काउट एवं राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री डिंगबहादुर लिम्बुको अध्यक्षतामा सोमबार बसेको नेपाल स्काउट राष्ट्रिय परिषद्को बैठकले नेपाल स्काउटको निर्वाचन सम्बन्धमा परेको गुनासो र उजुरीलाई ध्यान दिदै राष्ट्रिय तदर्थ समितिले घोषणा गरेको निर्वाचन स्थगित गर्न निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले नेपाल स्काउट ऐन २०५० को दफा ८ बमोजिम नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ लाई सार्वजनीक सुझावसमेत लिई संसोधन गरी ३५ दिन भित्र निर्वाचन सम्पन्न गर्ने व्यवस्था मिलाई राष्ट्रिय परिषद्लाई जानकारी गराउन नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति तथा राष्ट्रिय प्रधान कार्यालयलाई निर्देशन दिएको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार नेपाल स्काउट स्थानीय परिषद् सदस्य निर्वाचनका लागि २०८० पुष २२ गते मनोनयन दर्ता गराएका उम्मेद्वार यथावत रहने र ओएमआरसी पोर्टलमा दर्ता भएका मतदाता तथा सदस्य पनि यथावत कायम रहने जानकारी गराइएको छ ।

साथै पुर्वनिर्धारित निर्वाचन सम्बन्धी अन्य कार्यक्रमको मिति पुननिर्धारण गर्ने गरि आगामि माघ २८ गते भित्रमा निर्वाचनका सम्पुर्ण कार्यक्रम सम्पन्न गर्ने गरि हालका लागि मतदाता नामावलीमा छुट भएका स्काउटरको हकमा नाम दर्ता तथा नविकरण गर्न पुनः आहृवानसमेत गरिएको छ । त्यसका लागि युनिट दर्ता गर्न नेपाल स्काउट सदस्यता दर्ता पोर्टल ओएमआरस पुष २३ गतेदेखी खुल्ला भएर माघ आठ गते साँझ पाँच बजे बन्द हुने जनाइएको छ ।

साथै निर्वाचन निर्देशिका संसोधनका लागि आबश्यक सुझाव संकलनका गर्न आगामी पुष २७ गते बिहान ११ बजे नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सुझाव संकलन गोष्ठी आयोजना गर्ने स्काउटले जनाएको छ । स्काउटका अनुसार अन्य कार्यक्रम निर्वाचन समितिले प्रकाशित गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *