हारेकालाई राष्ट्रियसभामा ल्याउने कुरा व्यवस्थामाथिकै गम्भीर प्रहार : रवि लामिछाने (भिडिओ)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभादेखि पालिकाको चुनावसम्म हारेकालाई राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनाइएको विषयमा संसदीय समितिमभा उनले टिप्पणी गरेका हुन् । यो विषयले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंगा प्रहार भएको रविको जिकिर छ ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा उनले राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा रोक्नुपर्ने बताए ।
यो राजनीतिक प्रणालीमाथिको गम्भीर प्रहार भएको उनको दाबी छ । राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यता) को आधारमा चयन उनको प्रस्ताव छ ।
‘तपाईँहरूले मुटुमाथि ढुंगा राखेर पार्टीको निर्णय मान्नुपर्ने अवस्था आएको छ नि । त्यसैगरी तपाईँको मुटुमा अर्को ढुंगा बस्छ । फेरि अर्को ढुंगा राखेर तपाईहरु हाँस्नुपर्ने अवस्था आउँछ । मलाई विश्वास छ-यहाँहरुको पुस्ताले लडेर हाम्रो पुस्ताले त्यो सौभाग्य प्राप्त गर्न सकेन व्यवस्था परिवर्तनका लागि । गोली थाप्ने, छाती थाप्न अगाडि बढन पाएन । मौका परे हामी पनि चुक्दैनौं । त्यसका लागि हामी पनि गोली थाप्छौं । तर, त्यसरी गोली थापेर ल्याएको व्यवस्थामा यत्रो उपहास भइरहँदाखेर व्यवस्थामाथि यत्रो आक्रमण भइरहँदाखेर यहाँहरूले गर्ने प्रतिवाद खोई त ?
रबि लामिछानेको भनाइ मान्य हो भने त चुनावी प्रतिष्प्रधामा जानै हुन्न । कि त चुनावी प्रकृयामा जाने सबै एकैसाथ निर्वाचित हुने प्रणाली बनाउनु पर्छ । होइन भने त हारजित कै लागि निर्वाचनमा गइन्छ । तर अचम्मको विकासे तर्क सुनिन थालेको छ । जनताले अस्वीकृत गरेकाहरू फेरि पदमा पुग्ने यो त व्यवस्थामाथिकै गम्भीर प्रहार भन्न लाज नमान्नेहरूको विगविगी देखिन थाल्यो ।रवि प्रबृतिका हरेक पात्रहरूले व्यवस्थाको दुहाइ दिने भए अचम्म । कुन मान्यता अनुसार यिनिहरूले भनेको कुरा सही मान्ने ? के हो व्यवस्थामाथिको गम्भीर प्रहार भनेको ? के अब नेपाली काँग्रेसको नेता कृष्ण सिटाैला राष्ट्रिय सभा सदस्यमा निवार्चित हँदा नेपालको संविधान विपरित हुन्छ ? के उनलाइ काँग्रेसले निवार्चन प्रकृया छलेर सिधै राष्ट्रिय सभा सदस्य घोषणा गरेको हो ?
राष्ट्रिय सभामा कुनै विषय विज्ञहरूको स्थान हुनु पर्दछ । त्यहाँ प्रतिनिधिसभाबाट उत्पती भइ पारित समेत भएका विद्ययकहरूमा थप विश्लेषण, सुझाव दिन सक्ने क्षमतावान व्यक्तिहरूलाइ निर्वाचित गरिनु राम्रो हुन्छ भन्ने कुरामा कसैको पनि दुइ मत हुँदैन ।