शेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार, ८ वटा कम्पनीको मूल्यमा सर्किट – Nepal Press

शेयर बजारमा ६ अर्बभन्दा बढीको कारोबार, ८ वटा कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । मंगलबार शेयर बजारमा उत्साह देखिएको छ । यो दिन ८ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । २०.६२ अंकले बढेको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तिय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्याङ्गे हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले बढेको) लागेको छ ।

सोमबारबाट कारोबार सुरु भएको हिमालयन रिइन्सुरेन्सको शेयर मूल्य प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । यसको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँमा खुलेको थियो ।

अहिले बैकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएको र ब्याजदर अझै सस्तिने भएपछि सेयर बजारमा यसले सकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउँछन् ।

आज ३०९ कम्पनीको १ करोड ७९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा छ । यसको २१ करोड ४९ लाख रुपैयाँभन्दा बढी कारोबार भएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर