बाबुछोराको अंशबन्डा लफडाले निम्त्याएको चक्रवर्ती कलेजको खुकुरी काण्ड
काठमाडौं । गत जेठमा काठमाडौंको चक्रवर्ती ल कलेजका विद्यार्थीहरु आन्दोलनमा थिए । आन्दोलन कलेजका प्रमुख देवेन्द्र भण्डारीले विद्यार्थीलाई गैरकानूनी रुपमा असुलेको शुल्कदेखि अन्य मनोमानीसम्मको विषयमा थियो ।
आन्दोलन चलिरहँदा विद्यार्थीसँग देवेन्द्रका छोरा निरज आएर भने, ‘आन्दोलन बाउसँग होइन मसँग गर । म हो कलेजको आधिकारिक मालिक ।’
भदौसम्म चलेको आन्दोलनमा जोडिएका विद्यार्थीका अगुवाहरुले भने, ‘हाम्रो आन्दोलन मालिकबारेमा होइन मुद्दाबारेमा हो ।’
याे पनि पढ्नुस् : चक्रवर्ती कलेजको शुल्कमा मनोमानी : अवैध कामको विरोध गर्दा विद्यार्थी निष्कासित
सात महिना अगाडि आन्दोलनरत विद्यार्थीसँग स्वामित्वको कुरा भएको कलेजमा सोमबार राति भने उग्र रुप धारण गरेको छ । छोरा निरजको समूहमा आएकाहरुको खुकुरी प्रहारले बाबु देवेन्द्रलाई चोट लागेको छ । उनी अहिले उपचाररत छन् ।
अंशबन्डा लफडाले ल्याएको सकस
कलेजका विद्यार्थी तथा सरोकारवालासँग आफू मालिक भएको दुवैले भन्दै आएका थिए । सर्वोच्चमा चलेको मुद्दामा भने बाबु छोराको आधाआधा देखाइएको थियो । तर, छोराले कलेजमा पाउने स्वामित्व पाएका थिएनन् ।
दुई श्रीमती भएका देवेन्द्रका जेठीतर्फका जेठा छोरा हुन निरज । उनले अदालतमा गएर पाएको ५० प्रतिशत शेयर आधिकारिक रुपमा आफ्नो बनाउन पहल गरे । तर, पाएका थिएनन् ।
याे पनि पढ्नुस् : चक्रवर्तीका अध्यक्षलाई कलेजभित्र आफ्नै छोराले हाने खुकुरी, नर्भिक अस्पताल भर्ना
‘शेयरबापतको हिस्सा पाउन उनी देशका सबै प्रहरी अधिकारीसम्म पुगेका छन्’, भण्डारी परिवारको अंशबन्डालाई नजिकबाट हेरेका एक कलेजका विद्यार्थी भन्छन्, ‘समयमै समाधन गर्न खासगरी बानेश्वर प्रहरीका डीएसपीहरुले चासो नदेखाउँदा यो खराब घटनासम्म हुन गयो ।’
देवेन्द्रले भने आफ्नो छोराले पाउने ५० प्रतिशत शेयर अदालतले रोक्का गरेको र सबै आफ्नै भएको भन्दै आएका थिए ।
बिहान आएर पुराना कर्मचारी निकालेका थिए छोराले
सोमबार निरज बिहानै आफ्नो समूहसहित कलेज आए । लगत्तै पुराना कर्मचारी निकालेको घोषणा गरे र नयाँ कर्मचारी नियुक्ति गरे । दिउँसो ५-६ बजेतिर देवेन्द्र आए । भित्रबाट चुकुल लगाइएको थियो । उनले खोल्न हल्लाखल्ला गरे । त्यो हल्लाखल्लाको भिडियो केही विद्यार्थीले आफ्नो मोबाइलमा रेकर्ड गरे । त्यसैबेला तीनकुनेबाट प्रहरी पनि आएको विद्यार्थीहरु बताउँछन् ।
तर, घटनाले उग्र रुप लिएको थिएन । सोमबार राति ११ बजे हाराहारी भने छोराको समूहले खुकुरी प्रहार ग¥यो । बाबु घाइते भए ।
पारिवािरक कलहले कलेजको प्रिबोर्ड परीक्षा स्थगित
कलेजमा पहिलेको प्रिबोर्ड परीक्षा दिन नपाएकाहरुलाई मंगलबार दिन तोकिएको थियो । उनीहरु बिहानै कलेजमा परीक्षा दिन आए । तर, पारिवािरक लफडाले खुकुरी प्रहारको रुप लिएको जानकारी भएपछि कलेज सुनसान थियो । आफूहरु परीक्षा नदिइकनै फर्किएको एक विद्यार्थीले बताए ।