सर्वोत्तमको आइपीओ बिक्री खुला, कस कसले पाउँछन् आवेदन दिन ? – Nepal Press

सर्वोत्तमको आइपीओ बिक्री खुला, कस कसले पाउँछन् आवेदन दिन ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपीओ बिक्री आजबाट खुला भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले उद्योग प्रभावितका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको छ । यस्तै वैदेशिक रोजगारमा गएका श्रमिकका लागि २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको छ ।

यो आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न लागेको हो । स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई आइपीओ जारी गरिसकेपछि सर्वसाधारणका लागि खुला हुने छ ।

यसमा उद्योग प्रभावित क्षेत्र नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्टाएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर