गाजाका शरणार्थीलाई राख्न रुसमा बन्दै अपार्टमेन्ट – Nepal Press

गाजाका शरणार्थीलाई राख्न रुसमा बन्दै अपार्टमेन्ट

काठमाडौं । जथाभावी इजरायली गोलाबारीले शरणार्थी भएका गाजाबासीलाई राख्न रुसले अपार्टमेन्ट तयार गरेको छ । रुसको मुस्लिम बाहुल्य चेचेन गणतन्त्रले यस्तो तयारी गरेको हो ।

रुसी विश्व च्यानल आरटीका अनुसार रामजान कादिरोभले गाजाका शरणार्थीलाई व्यवस्थापन गर्न ३५ अपार्टमेन्ट बनिरहेको बताए । यी अपार्टमेन्ट विद्यालय तथा नर्सरी नजिक हुने उनले बताएका छन ।

उक्त परियोजनाको लागि साढे १४ करोड डलर लगानी गरिने र हरेक परिवारलाई एक हजार १२० अमेरिकी डलर दिइने उनले बताए ।

चेचेन गणतन्त्रले हालसम्म २०० प्यलेस्टाइनी परिवार स्वीकार गरेको छ । जसमा ३० जनालाई स्थानीय स्वास्थ्य क्षेत्रमा जिम्मेवारी दिइएको छ ।

रुसले भने जम्मा एक हजार १५८ जना शरणार्थी स्वीकार गरेको छ । आरटीले गत महिनाको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क दिएर गाजाबाट १९ लाख स्थानीय विस्थापित भएको उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर