नामिबियासामु नेपालले दियो १४२ रनको लक्ष्य – Nepal Press

नामिबियासामु नेपालले दियो १४२ रनको लक्ष्य

काठमाडौं । आईसीसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा नामिबियालाई १४२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए । २३ बल खेलेका डुम्रेले ३ चौका र १ छक्काको मद्दतमा ३२ रनमा अविजित रहे । आकाश त्रीपाठीले २१, बिपिन रावलले २०, दीपक बोहराले १५, विशाल केसीले १४ र उत्तम मगरले १२ रनको योगदान दिए । गुल्सन झा ३ रनमा र कप्तान देव खनाल डक आउट भए ।

बलिङतर्फ नामिबियाका जे करियाटा, एच बाडेनहर्स्ट र जी जेन्से विरुद्ध रेन्सबर्गले २–२ विकेट लिए ।

खेल सुरु हुने समय पानी परेपछि ओभर घटाएर खेल खेलाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *