नागरिकता प्रकरण : वीरगञ्जका मेयर सिंहमाथि छानबिन गर्न समिति गठन – Nepal Press

नागरिकता प्रकरण : वीरगञ्जका मेयर सिंहमाथि छानबिन गर्न समिति गठन

जनकपुरधाम । वीरगञ्जका मेयर राजेशमान सिंहले नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन अघि बढाएको छ ।

नागरिकता प्रकरणको छानविन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा समिति गठन गरेको हो । उक्त समितिलाई ५ दिनभित्रमा अनुसन्धान प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

मेयर सिंहको एकमात्र श्रीमती र एकमात्र छोरा छन् । तर उनले रुविना श्रेष्ठलाई छोरी बनाएर नागरिकता बनाएको आरोप छ । रुविनाको नागरिकतामा सिंह बुवाको रुपमा सनाखत गरेका छन् ।

रुविनाको नागरिकता तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले जारी गरेका थिए । नागरिकता जारी गरिए पनि पेश गरेको कागजात र अनुसूची फारम गायब पारिएको छ । त्यसैले उनलाई पनि बयानका लागि समितिले बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले भने अनुसन्धानका लागि मेयर सिंहलाई पनि बयानका लागि बोलाउने जानकारी दिए । उनले भने, ’छानविनमा दोषी देखिए कानून बमोजिम कारवाही अगाडी बढ्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर