युवा संघ र एनएसजेएफबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा टुंगियो – Nepal Press

युवा संघ र एनएसजेएफबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा टुंगियो

काठमाडौं । नेकपा (एमाले) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा टुंगिएको छ ।

‘केपी ओली कप–२०८०’ को प्रचार–प्रसारको उद्देश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५–१ ले पछि परेको अवस्थाबाट पुनरागम गर्दै खेल बराबरीमा ल्याएको हो ।

युवा संघका मिसन राईले ह्याट्रिक गरे । यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेवे र मिलन बमले समान एक गोल थपे ।एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे ।

‘केपी ओली कप’को दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।

प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुने छ । फाइनल खेल भने शरथ रंगशालमा हुने संघका प्रवक्ता निरोज पौडेल ले जानकरी गराए। प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले पाँच लाख रुपैयाँ पाउने प्रवक्ता पौडेल ले बताए।

यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *