‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पमा २० वर्ष पुराना गाडी एक्सचेन्ज गर्न सकिने – Nepal Press

‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पमा २० वर्ष पुराना गाडी एक्सचेन्ज गर्न सकिने

काठमाडौं । सिजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

काठमाडौं उपत्यका लक्षित गरि मेगा एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाखको रहने छ ।

‘स्वीच टु द प्योर ईभी’ नारा दिइएको एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य ‘नेटा भि’ को प्रवर्द्धन गर्नु मात्र नभइ पुराना प्रदुषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ ।

नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारन्टी रहेको छ । यसका साथैे यसमा रहेको ‘एचईपीटी २.०’ प्रविधिले ब्याट्रीलाई तात्न वा बढि चिसो हुन दिँदैन । नेटा भी हाल नयाँ ५० किवा को एलएफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर