जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी – Nepal Press

जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी

काठमाडौं । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो ।

त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरुमा रामप्रसाद न्यौपाने, मिनबहादुर तामाङ, सुरेन्द्र राम, हिमलाल पौडेल र कृष्ण पौडेल निर्वाचित भएका छन् ।

पाँचौं राष्ट्रिय महाधिवेशनले संघको महासचिवमा शैलेन्द्र केसी, सचिवमा विश्वजित राई, सिताराम अधिकारी र रेगबहादुर कार्की, कोषाध्यक्षमा राजन भट्टराई, सहकोषाध्यक्षमा केशव अछामी निर्वाचित भएका छन् ।

महाअघिवेशनबाट ६ जना कार्यसमिति सदस्य समेत निर्वाचित गरेको हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर