३८ मिनेटमै मध्यभोटेकोशी जलविद्युतको शेयरमा सर्किट, अरु ४ कम्पनी पनि सर्किट नजिक
काठमाडौ । शेयर बजार खुलेको ३८ मिनेटमै मध्य भोटेकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । १० प्रतिशतले यसको शेयर मूल्य बढ्दा प्रतिकित्ता शेयर ३४२.१० रूपैयाँ कायम भएको छ ।
त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढिसकेको छ । यो सँग यसको शेयर मूल्य ५७३.५० रूपैयाँ कायम भएको छ । मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउस कम्पनी र हिमालयन रिइन्सुरेन्सको पनि शेयर मूल्य सर्किट नजिक (९.९९ प्रतिशत) पुगेको छ । अहिले मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १ हजार ९० रुपैयाँ, नेपाल वेय हाउसको ७ सय ९१ रुपैयाँ प्रतिकित्ता र हिमालयन रि इन्सुरेन्सको शेयर मूल्य ४ सय ९७ रुपैयाँ प्रतिशेयर रहेको छ । यो समाचार तयार पार्दा (११:४८ मिनेट) सम्म शेयर बजार २ हजार १ सय १६ विन्दुमा पुगेको छ ।
समग्रमा बजार २७.४५ अंकले बढेको छ ।