शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्छ: अनेरास्ववियु अध्यक्ष बडाल – Nepal Press

शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्छ: अनेरास्ववियु अध्यक्ष बडाल

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्ने बताएका छन् ।

आइतबार शिक्षा समितिको बैठकमा आफ्ना कुराहरू राख्दै अनेरास्ववियुका अध्यक्ष बडालले एेनमा नै व्यवस्था गरेर निजी लगानी बन्द गर्नुपर्ने बताएका हुन् ।

बडालले निजी शिक्षालयलाई गुठीमा रूपान्तरण गर्ने व्यवस्था ऐनमा नै गर्नुपर्ने समेत बताए ।

अध्यक्ष बडालले शिक्षा सम्बन्धि बनेको ऐनले गुठिमा जानू हुँदैन भन्ने कुरालाई प्रोत्साहन गरेको उनको भनाइ छ ।

अध्यक्ष बडालले भने, ‘शिक्षाको उदेश्य ऐनमा स्पस्ट आएको छैन् । त्यसैले प्रस्तावनामा नै संसोधन गर्नुपर्ने जरुरी देखिन्छ । शिक्षामा एेनमा नै व्यवस्था हुनुपर्छ, शिक्षा क्षेत्रमा निजी लगानी बन्द गर्नुपर्छ । र निजी विद्यालयलाई निश्चित समय दिएर गुठीमा लौजानुपर्छ । गुठीमा जाने कुरालाई यो ऐनले प्रोत्साहन गरेको छ । त्यसैले यसलाई सच्याउन आवश्यक छ । विद्यालय तहमा अंग्रेजी विषय अनिवार्य गरिनुपर्ने कुरा पनि स्वीकार छैन् ।’

‘कक्षा ८ सम्म विद्यार्थीको पोसाक र आहारा अनिवार्य र निःशुल्क गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । नैतिक शिक्षा सँगसँगै स्थानीय प्राकृतिक स्रोतको ज्ञान दिनुपर्ने जरूरी छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर