ओमोडा ईभी नेपालमा सार्वजनिक गर्ने तयारी – Nepal Press

ओमोडा ईभी नेपालमा सार्वजनिक गर्ने तयारी

काठमाडौं । ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ‘ओमोडा ई ५’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ‘ओमोडा ई ५’ ईभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

जसका लागि गत डिसेम्बरमा ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समुहले लाइभस्ट्रिम कार्यक्रम गरेको थियो ।

प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा र आधुनिक डिजाइनसहितको ‘ओमोडा ई ५’ प्रस्तुत गरिएको थियो ।

कम्पनीका अनुसार ‘ओमोडा ई ५’, नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुनेछ । जुन यसका प्रतिस्पर्धीहरूमध्ये सेगमेन्टमा उत्कृष्ट छरहेको छ ।

६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर ‘एनईडीसी’ र ४३० किलोमिट ‘डब्लूएलटीपी’ को दायरा प्रदान गर्दछ ।

‘ओमोडा ई ५’ को एक्टेरियर ‘बाहिरी’ डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक डिजाइन(दर्शनमा आधारित रहेको छ । यसको एक्स– आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड(मेट्रिक्स(टेललाइट, टी–आकारको डेटाइम–रनिङ–हेडलाइट रहेको छ ।

त्यस्तै, गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन रहेको छ ।

साथै यसमा १७ ‘एडीएएस’ सुविधाहरू पनि उपलब्ध छन् । जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट, डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग आदि रेहेको छ ।

कम्पनीले २८ मिनेटमा ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा रहेको दाबी छ । गाडीलाई नेपाली भू-भागको सडक अनुकुल बनाइएको कम्पनीले जनाएको छ भने छिटै नेपाली बजारमा ल्याउने कम्पनीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर