रेमिट्यान्स प्रवर्द्धनमा ग्लोबल आइएमई बैंक, ग्लोबल रेमिटबाट पैसा पठाउँदा थपेर पाइने – Nepal Press

रेमिट्यान्स प्रवर्द्धनमा ग्लोबल आइएमई बैंक, ग्लोबल रेमिटबाट पैसा पठाउँदा थपेर पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक ४६ लाखभन्दा बढी नागरिकलाई बैंकिङ पहुँच सुनिश्चित गर्न सफल भएको छ ।

स्थापनाकालदेखि वाणिज्य बैंकहरुमा आफूलाई अब्बल सावित गर्दै आएको ग्लोबल आईएमई बैंकले ४६ लाखभन्दा बढी नागरिकलाई बैंकिङ पहुँच सुनिश्चित गर्न सफल भएको हो ।

बैंकले आफूलाई ‘सबैंका लागि बैंक’ बनाउँदै विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित स्थापनाकालदेखि बैंकले देशमा रहेकामात्र नभई विदेशमा रहेका नागरिकहरुको वित्तीय कारोबार सहजतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जसको उदाहरण रेमिट्यान्स कारोबारको ५० प्रतिशतभन्दा बढी बजार हिस्सा आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेडको र आईएमई ग्रुपअन्तर्गतका कम्पनीहरुको रहेको तथ्याङ्कले देखाउँछ ।

ग्लोबल रेमिट सेवा

बैंकले रेमिट्यान्स सेवा ‘ग्लोबल रेमिट’मार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’ भन्ने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत ग्लोबल आईएमई बैंकको कुनै पनि खातामा ग्राहकहरुले विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइरहेका छन् ।

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिट योजना सार्वजनिक गरेको हो । योजनामा ग्राहकहरुले विदेशबाट २५ हजार रुपैयाँसम्म पठाउँदा १००, ५० हजारसम्म पठाउँदा २०० र ५० हजारभन्दा बढी पैसा पठाउँदा २५० रुपैयाँ निश्चित क्यासब्याक प्राप्त गर्नेछन् ।

यही जनवरी ३१ सम्म लागू हुने क्यासब्याक योजनामा नयाँ खाता खोली वा पुरानो निष्क्रिय खाता भएकाहरुले पनि खातालाई पुनः सक्रिय गरी खातामा रेमिट्यान्स गरी पैसा पठाउँदा बैंकले २५० रुपैयाँसम्म थप गरिदिने जनाएको छ ।

देशका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक रहेको बैंकको दाबी छ ।

बैंकले देशभित्र ३५६ शाखा कार्यालय, ३७९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र देश बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत सञ्चालन गरी सेवा दिँदै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा योगदान पु¥याउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर