बार्सिलोनामाथि रियल मड्रिडको दबदबा कायमै, सुपर कपको फाइनलमा रियलको सानदार जित
हेटौँडा। पछिल्लो केही सिजन स्पेनको घरेलु फुटबल सहितका प्रतियोगितामा बार्सिलोनामाथि हाबी हुँदै आएको रियल मेड्रिडले सोही क्रमलाई निरन्तरता दिँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
बार्सिलोनामाथि सानदार जीत निकाल्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको हो । बार्सिलोनालाई ४–१ ले पराजित गर्दै रियलले उपाधिमाथि कब्जा जमाउन सफल बन्यो ।
रियलको लागि यो जित अझ खास बन्यो, किनकि उसले गत वर्ष फाइनलमा वार्सिलोनसँग हारेको पीडालाई भुल्ने मौका पायो ।
प्रतियोगिताभर उम्दा प्रदर्शन गरेका रियला युवा फरवार्ड भिनिसियस जुनियरले ह्याट्रिक पुरा गरे भने रोड्रिगोले एक गोल थपे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
यसअघि रियलले सन् २०१९–२० र २०२१–२२ को सिजनमा उपाधि जितेको थियो । रियल २०२०–२१ मा सेमिफाइनलमा पराजित हुँदा गत संस्करणमा फाइनलमा पराजित भएको थियो ।
यो पटकको जितसँगै स्पेनिस सुपर कपमा रियलको उपाधि संख्या १३ पुगेको छ । रियल भन्दा एक उपाधि बढि जित्दै वार्सिलोना अहिलेसम्म स्पेनिस सुपर कप सबैभन्दा धेरै पटक जित्ने टिममा कायमनै छ ।