ग्लोबल आईएमई बैंकद्वारा ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर, १२५० भन्दा बढी महिला लाभान्वित – Nepal Press

ग्लोबल आईएमई बैंकद्वारा ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर, १२५० भन्दा बढी महिला लाभान्वित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसर पारेर कोशी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इलामको इलाम नगरपालिका-४ मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच गरेको हो । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित शिविरमा स्त्रीरोग विज्ञहरूले विभिन्न सेवा उपलब्ध गराएका थिए ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ । जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने योजना छ ।

यसका साथै बैंकले सातवटै प्रदेशमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा १ हजार २५० भन्दा बढी महिलाले नि:शुल्क सेवा पाएका छन् ।

बैंकले ‘सबैंका लागि बैंक’ बनाउँदै विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको जनाएको छ ।

बैंकका अनुसार संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा योगदान पुयाउँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *