पुरुष बन्ध्याकरण बन्द गर्न रुसी सांसदको माग
काठमाडौं । रुसमा पुरुष बन्ध्याकरण बन्द गर्न माग गरिएको छ । रुसी सदनका सांसद भिताली मिनोलोभले यस्तो माग गरेका हुन् । रुसी स्वाथ्यमन्त्री मिखाइल मोरास्कोलाई एक औपचारिक पत्र लेखेर उनले यस्तो आग्रह गरेका हुन् ।
रुसी विश्व च्यानल आरटीका अनुसार पुरुष बन्ध्याकरणको स्थायी प्रतिबन्दको आग्रह गरेका उनले महिला बन्ध्याकरण पनि महिलाको स्वाथ्यमा जटिल हुँदा मात्रै स्थायी बन्ध्याकरणको नियम लगाउन माग गरेका छन् ।
रुसमा ३५ वर्ष कटेका पुरुष तथा महिला वा दुई सन्तान भएकाहरुलाई बन्ध्याकरण गर्न कानुनी प्रावधान छ । आरटीका अनुसार पछिल्ले दशकमा रुसमा पुरुष बन्ध्याकरण बीस प्रतिसतले बढेको छ । सन २०२२ मा मात्रै १५ हजार पुरुषले बन्ध्याकरण गरेको रुसी तथ्यांक संस्था रोस्ट्याटले उल्लेख गरेको छ ।