नेटो सदस्य देशकी प्रधानमन्त्री भन्छिन्- नेटोको रुससँगको लडाइ तयारीको समय पाँच वर्ष छ – Nepal Press

नेटो सदस्य देशकी प्रधानमन्त्री भन्छिन्- नेटोको रुससँगको लडाइ तयारीको समय पाँच वर्ष छ

काठमाडौं । नेटो सदस्य देश इस्टोनियाकी प्रधानमन्त्री काजा कल्लासले नेटो र रुस युद्धको तयारीको समय पाँच वर्ष भएको बताएकी छन् । प्रधानमन्त्री कल्लासले द टाइम्ससँग कुराकानी गर्दै यस्तो बताएकी हुन् ।

उनले इस्टोनियाको गुप्तचर भिएलएको जानकारीको हवला दिँदै रुससँग युद्धको लागि तीनदेखि पाँच वर्षमा तयार हुनुपर्छ । युक्रेन मुद्दामा अमेरिकी नेतृत्वको नेटोको एकता कस्तो हुन्छ र कसरी युक्रेन मामिलामा अडान हुन्छ भन्ने कुराले युद्धको प्रकृति तय हुने प्रधानमन्त्री कल्लासले उल्लेख गरेकी छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार पूर्व सोभिय संघको एक गणराज्य इस्टोनियाले सन २०२७ सम्म युक्रेनलाई एक अर्ब तीस करोड डलर सहयोग गर्ने प्रतिबद्धता दिएको छ । युक्रेनी राष्ट्रपतिले रुससँगको युद्ध भएपछि भ्रमण गरेका एक देशमा रुससँग सीमा जोडिएको इस्टोनिय पनि समावेश भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *