२२०० को बिन्दु छोएर १२ अंकले घट्यो शेयर बजार, करिब १० अर्बको कारोबार – Nepal Press

२२०० को बिन्दु छोएर १२ अंकले घट्यो शेयर बजार, करिब १० अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचकले २२ सयको बिन्दुलाई छोएको छ । बुधबार बिहान बजार खुलेको ५ मिनेट ८ सेकण्डमा परिसूचकले २२ सयको बिन्दुलाई छोएको हो ।

आज शेयर बजार लामो उतारचढावपछि अन्तत १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा अडिएको छ । यसदिन बजारमा ३ करोड ३५ लाख २५ हजार ७०२ किक्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको छ । जुन यस वर्षकै बढी करोबार हो ।

आजको कारोबारमा ग्लोबल आईएमई लघुविक्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इन्र्जी डेभलपमेन्ट कम्पनीको सेयर नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेका छन् ।

बुधबार बजार पूँजीकरण ३३ खर्ब ९७ अर्ब रुपैयाँ बढी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर