प्रगतिशील लेखक संघ भोजपुरमा नयाँ नेतृत्व, अम्रिका बने अध्यक्ष
नेपाल प्रेस
२०८० माघ ४ गते ११:२४
भोजपुर । प्रगतिशील लेखक संघ जिल्ला कमिटी भोजपुरको दोस्रो अधिवेशनले अम्रिका ताम्राकारको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
११ सदस्यीय कमिटीको उपाध्यक्षमा थिरालाल विक, सचिव कविता राई, सहसचिव सुजन कटुवाल र कोषाध्यक्ष कमला प्रधान रहेका छन् । सदस्यहरूमा संगम विक, विवेक राई, शरण बान्तवा, चिन्तामणि पोखरेल, महेश तामाङ, प्रतिमा पोखरेल चयन भएका छन् ।
संघका केन्द्रीय महासचिव डा. देवि दुलालको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष तिला लेकालीको विशेष उपस्थितमा अधिवेशन सम्पन्न भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर