मेयरको उद्घाटन मोह : पुरानो शिलालेख फुटाएर आफ्नो राखे
कैलाली । कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन दोस्रो पटक उद्घाटन गरिएको छ । नगरप्रमुख वीरेन्द्र भट्टले बिहीबार भवन उद्घाटन गरेका हुन् ।
भवन २० महिनाका बीचमा दोस्रो पटक उद्घाटन गरिएकोमा चौतर्फी आलोचनासमेत भएको थियो । दोस्रो पटक भवन उद्घाटनको तयारीसँगै एमालेले विरोध गरेको थियो । एमालेले नगरपालिका कार्यालयसमेत घेराउ गरेर नाराबाजी गरेको छ ।
एमालेबाट निर्वाचित तत्कालीन नगरप्रमुख हरिसिंह साउदले २०७८ चैत १४ गते भवन उद्घाटन गरेका थिए । कांग्रेसबाट जितेका नगरप्रमुख भट्टले आज भवनको उद्घाटन तयारी गरेपछि तनाव सिर्जना भएको हो । घेराउ र नाराबाजीका बीच नगरप्रमुख भट्टले भवन उद्घाटन गरे । मेयर भट्टले पुरानो शिलालेख फुटाएर नयाँमा आफ्नो नाम राखेका छन् ।
एसियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय सहरी विकास आयोजना मार्फत भवन निर्माण भएको थियो ।
योभन्दा लाजमर्दो काम के हुनसक्छ ? यस्तालाई के मेयर भन्नू ?