शंकर पोखरेलको टिप्पणी- मोहनविक्रम सिंह राष्ट्रियसभामा श्रीमतीलाई पठाउन कांग्रेससँग दलाली गर्ने तहमा ओर्लिए (भिडिओ)
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको पतन कांग्रेससँग दलाली गर्ने तहमा पुगेको टिप्पणी गरेका छन् ।
पार्टी कार्यालय च्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रतिस्पर्धा गर्नुपर्ने बेलामा श्रीमतीलाई राष्ट्रियसभामा मनोनयन गराउन कांग्रेससँग दलाली गरेको आरोप लगाए ।
उनले भने, ‘समाजवादको बाटो लाग्नेहरु एकजुट हुनुपर्थ्यो । तर, बुर्जुवा शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा । जतिमेला मिल्नुपर्ने थियो गद्दार घोषणा गरे । जतिबेला प्रतिस्पर्धा गर्नुपर्नेथ्यो त्यतिबेला कांग्रेसको नेतृत्वमा अगाडि बढ्ने नीति लिए । आज मोहनविक्रम सिंहको इतिहासको पतन राष्ट्रियसभामा श्रीमती (दुर्गा पौडेल)लाई मनोनयन प्राप्त गर्नको लागि कांग्रेससँग दलाली गर्ने तहमा त्यो आन्दोलन पुग्यो । जुन आन्दोलनका नेताले गद्धार पुष्पलाल भनेर किताब लेखेका थिए । अहिले कांग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने बेलामा दलालीको नीतिमा जानुभयो ।
मोहन बिक्रम नेपालको दरवार र दिल्लीको लागि दलाली गर्ने पात्र हुन् । पद र पैसा पाएपछि १० हात माथि उफ्रने दलाल हुन् ।