रुपन्देही व्यापार संघमा मिश्रित परिणाम, अध्यक्षमा दीपक अधिकारी विजयी – Nepal Press

रुपन्देही व्यापार संघमा मिश्रित परिणाम, अध्यक्षमा दीपक अधिकारी विजयी

रूपन्देही । रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघिका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी भए भने संघका वरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाए । अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए । संघको पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रित परिणाम आएको छ ।

संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी बिजयी भएका छन् । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए ।

त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी भएका छन् । उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ बिजयी भए भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे ।
त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे ।

सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मत सहित बिजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मतमा पाए । सहकोषाध्यक्ष पदमा ५१९मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई बिजयी हुँदा भण्डारी प्यानलका बिनित भटराईले ४८५ मत प्राप्त गरे।
संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त अघि नै निर्विरोध निर्वाचित भई सकेका थिए ।

संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जीवलाल पौडेल बिजयी भएका छन् ।

त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ बिजयी भएका छन् । कुल १६ सय १ जना मतदाता रहेको संघको निर्वाचनमा एक हजार ८७ मत खसेको थियो । साँझ ८ बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम राति ३ बजे घोषणा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *