गृह मन्त्रालयबाट चार जना सहसचिव बाहिरिए
काठमाडौं । गृह मन्त्रालयबाट चार जना सहसचिव बाहिरिएका छन् भने एक जना सहसचिव मन्त्रालयमा भित्रिएका छन् ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरगत कार्यरत चार जना सहसचिवको अन्य निकायमा सरुवा गरेको हो । एक सहसचिवलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।
सरुवा भएको सूची अनुसार गृह मन्त्रालय अन्तरगत कार्यरत नारायणप्रसाद रिसालको अर्थ मन्त्रालय अन्तरगत सरुवा भएको छ भने मन्त्रालय अन्तरगत नै कार्यरत सहसचिव वीरेन्द्रकुमार यादवको मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।
यस्तै सुरेन्द्र पौड्यालको मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयको सचिवमा सरुवा हुँदा गृह मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव केदारनाथ शर्मा कोशी प्रदेश सरकारको निमित्त प्रमुख सचिव पदमा सरुवा भएका छन् ।
यता कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका वासुदेव दाहालको गृह मन्त्रालयमा अन्तरगत सरुवा भएको छ ।