राष्ट्रियसभामा गठबन्धनको मत तलमाथि नहुने कांग्रेस-माओवादी नेताको भनाइ (भिडिओ) – Nepal Press

राष्ट्रियसभामा गठबन्धनको मत तलमाथि नहुने कांग्रेस-माओवादी नेताको भनाइ (भिडिओ)

गठबन्धनको सहमति प्रचण्डले दायाँबायाँ नगर्ने नेता झक्कु सुवेदीको दाबी

रुपन्देही । लुम्बिनी प्रदेशका राष्ट्रियसभा सदस्य पदका उम्मेदवार माओवादी नेता झक्कुप्रसाद सुवेदीले आफूहरूको जित गठबन्धनकै कारण निश्चित भएको बताएका छन् ।

रिपोर्टर्स क्लब लुम्बिनीले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्वाचन जितेपश्चात् प्रतिनिधिसभाले पास गरेका विधेयकहरूमाथि गहन अध्ययन र छलफल गरी सुझाव सल्लाह दिने भन्दै पहिलो काम किसान, महिला, दलित, उत्पीडित वर्गको पक्षमा नीति निर्माण गर्ने र प्रदेशको समग्र विकासमा पनि अग्रसर हुने प्रतिबद्धता गरेका छन् ।

उनले भने, ‘लुम्बिनीका प्रतिनिधि भएर जनताको पक्षमा काम गर्न चाहन्छौ, विधेयकलाई वैज्ञानिक त बनाउँछौँ नै समान खालको विकास निर्माणमा समेत जोड दिनेछौँ ।’

आफूहरूको जितको सुनिश्चित गर्ने गठबन्धन नै भएको भन्दै अहिलेको गठबन्धनले सुशासन कायम गर्ने, सामाजिक न्याय स्थापित गर्ने उनको भनाइ छ ।

माओवादी नेता रहेका सुबेदीले पार्टी अध्यक्ष प्रचण्ड सधैँ सहमति र सहकार्यको पक्षधर रहेको बताउँदै गठबन्धनभित्र भएको सहमति हुबहु पालना हुने जनाए ।

उनले निर्वाचनका लागि मात्र गठबन्धन नभएको भन्दै प्रतिगमनविरुद्ध गठबन्धन बनेकोले यो लामो समय टिक्ने समेत बताए ।

त्यस्तै अर्का उम्मेदवार विष्णुकुमारी सापकोटाले आफूहरूको जित सुनिश्चित भएको बताइन् । उनले राष्ट्रियसभा निर्वाचनका मतदाताहरू नेतृत्व तहका हुने भएको हुँदा मत बदर नहुने र लुम्बिनी प्रदेशमा मतभार पनि बढी भएको कारण आफूहरुको जित सुनिश्चित रहेको बताइन् ।

त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा प्रदेश चुनावी गठबन्धनका संयोजक अमरसिंह पुनले गठबन्धनमा भएको सहमति मतदाताहरूले अक्षरशः पालना गर्ने कुरामा कुनै शंका नरहेको बताए। त्यसका लागि गठबन्धनभित्रका दलहरू सचेत रहेर अगाडि बढेको उनको भनाइ छ ।

पुनले सबै जिल्लामा उम्मेदवारहरुलाई परिचय गराउने काम अन्त्यतिर पुगेको बताउँदै सिंगो गठबन्धनको मतभार ५६३९ रहेको र विपक्षमा ३९२५ मतभार रहेको हुँदा धेरै मतान्तरमा गठबन्धनको जित हुने निश्चित रहेको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर