घट्यो वाणिज्य बैंकहरूको नाफा- ३ वटाको बढ्दा अन्य १७ बैंकले कति कमाए ? (सूचीसहित) – Nepal Press

घट्यो वाणिज्य बैंकहरूको नाफा- ३ वटाको बढ्दा अन्य १७ बैंकले कति कमाए ? (सूचीसहित)

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । वाणिज्य बैंकहरूले सार्वजर्निक गरेको पुस मसान्तसम्मको वित्तीय विवरणले बैंकहरूको खुद नाफामा ९ प्रतिशतको गिरावट आएको देखाएको हो ।

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म २८ अर्ब ७६ करोड ५२ लाख ४७ हजार १३५ रूपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्म भने बैंकको खुद नफा ३१ अर्ब ९४ करोड २३ लाख ४४ हजार रूपैयाँ खुद नाफा कमाएका थिए । जुन ३ अर्ब १७ करोड ७० लाख ९७ हजार रूपैयाँ अर्थात करिब ९ प्रतिशतले कम हो ।

दोस्रो त्रैमासम्म्म ३ वाणिज्य बैंकहरूको खुद नाफामात्रै बढेको छ । बाँकी १७ वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आवको पुस मसान्तसम्म एभरेष्ट, हिमालयन र प्राइम बैंकको नाफा भने सकारात्मक देखिएको छ ।

वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब २० करोड ३० लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । भने, सबैभन्दा कम नेपाल बैंकले लिमिटेडले ५९ करोड ५१ हजार ७९९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कुन बैंकको नाफा कति ?

नबिल बैंक

चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउन देखि पुस) सम्म नबिल बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको नाफा २१ करोड ४६ लाख १९ हजार रूपैयाँ घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रूपैयाँ थियो ।

प्राइम बैंक

प्राइम बैंकले दोस्रो त्रैमासम्म्म २ अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैसमासम्म १ अर्ब ६५ करोड २० लाख ४४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको तुलनामा बैंकले ५३ करोड ८ लाख ८२ हजार रूपैयाँ बढी नाफा कमाएको छ ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले पुस मसान्तसम्म २ अर्ब ४ करोड २३ लाख २९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ७८ करोड २३ लााख ७९ हजार रूपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ७४ करोड ५० हजार रूपैयाँले घटेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड ५३ लाख ८८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस महिनासम्म बैंकले २ अर्ब ७१ करोड १८ लाख ५१ हजार रूपैयाँ खुद नाफा रहेको थियो । गत वर्षको तुलनामा बैंकले ६९ करोड ६४ लाख ६३ हजार रूपैयाँले नाफा घटेको छ ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको खुद नाफा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रूपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन ४१ प्रतिशतले कम हो ।

नेपाल इन्भेष्टमेन्टमेघा बैंक

दोस्रो त्रैमासम्म नेपाल इन्भेष्टमेन्टमेघा बैंकको नाफा घटेको छ । पुस मसान्तसम्म बैंकले १ अर्ब ८० करोड १९ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पुससम्म भने बैंकले २ अर्ब ८ करोड ६३ लाख ७ हजार रूपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नफा अघिल्लो वर्षको तुलनामा २८ करोड ४३ लाख ६३ हजार रूपैयाँले घटेको छ ।

स्टाण्डर्ड चार्टड बैंक

स्टाण्डर्ड चार्टड बैंकले १ अर्ब ७२ करोड ६४ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्र्षको सोहि अवधिमा बैंकले १ अर्ब ७५ करोड ३६ लाख ३५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एभरेष्ट बैंक

दोस्रो त्रैमासम्ममा एभरेष्ट बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले १२ करोड ५१ लाख ४५ हजा रूपैयाँ खुद नाफा बढाएको छ । गत आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ५८ करोड ८० लाख ३ हजार रूपैयाँ खुद नफा कमाएको थियो ।

हिमालयन बैंक

हिमालयन बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ३९ लाख ७४ हजार ५१७ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा ५४ करोड ९२ लाख ६९ हजार रूपैयाँ खुद नाफा बढाएको छ ।

एनएमबी बैंक

एनएमबी बैंक लिमिटेडलको खुद नाफामा पनि गिरावट आएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले १ अर्ब ३७ करोड ५९ लाख ८७ हजार रूपैयाँ खुद नफा आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा १ अर्ब ९० करोड ११ लाख ५३ हजार रूपैयाँ रहेको थियो । जुन ५२ करोड ५१ लाख ६६ हजारले घटेको छ ।

कृषि विकास बैंक

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नाफा ऋणत्मक रहेको कृषि विकास बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

सानिमा बैंक

दोस्रो त्रैमासम्म सानिमा बैंकले ‍१ अर्ब १३ करोड ८६ लाख १४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार ५१६ रूपैयाँ खुद नाफा कमाएको थियो । जुन १४ करोड ६७ लाख ६४ हजार रूपैयाँले घटेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले ६ महिनामा १ अर्ब १३ करोड ६८ लाख २२ हजार ४६५ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सिद्धार्थ बैंकको नाफा २ करोड ४३ लाख ७७ हजार रूपैयाँले घटेको छ ।

लक्ष्मीसनराइज् बैंक

लक्ष्मीसनराइज् बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५ करोड ९२ लाख १० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रूपैयाँ रहेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले ८६ करोड ७२ लाख ११ हजार ४७९ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकले १ अर्ब १ करोड २० लाख ७० हजार ९४६ रूपैयाँ खुद नाफा कमाएको थियो । जुन १४.३१ प्रतिशतले घटेको हो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले ८४ करोड ५ लाख ४१ हजार ५१७ रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ३३ करोड ६६ लाख ५२ हजा रूपैयाँले घटेको छ ।

माछापुच्छ्रे बैंक

दोस्रो त्रैमासमम्म माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा ८० करोड ५३ लाख ८० हजार रूपैयाँ पुगेको छ । माछपुच्छ्र्रे बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ करोड ९ड लाख रूपैयाँले घटेको छ ।

सिटिजन्स बैंक

चालू आर्थिक वर्षको पुस महिनासम्म सिटिजन्स बैंकले ७८ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस महिनासम्म बैंकले ८४ करोड १३ लाख ३३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

प्रभु बैंक

प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले दोस्रो त्रैमाससम्म ७२ करोड ३ लाख ४१ हजार रूपैयाँ आर्जन गरेकोे छ । गत आर्थिक वर्षामा भने बैंकको खुद नाफा १ अर्ब १९ करोड ९९ लाख ६१ हजार रूपैयाँ रहेको थियो ।

नेपाल बैंक

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ करोड ५१ हजार १३४ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा भने बैंकले १ अर्ब १७ करोड ६ लाख ५५ हजार रूपैयाँ खुद नाफा गरेको थियो ।

हेर्नुस् कुन बैंकको कति नाफा-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर