जीफन्ट भोजपुरको आयोजक कमिटी गठन, अध्यक्षमा सुनिल
भोजपुर । नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) को आयोजक कमिटी गठन गरिएको छ । भोजपुर सदरमुकाममा भएको भेलाले सुनिल राईको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
नवगठित कमिटीको सचिवमा लक्ष्मी तामाङ र सदस्यहरूमा हेलन राई, सोमकुमार खड्का, सनुप राई, दिनेश प्रधान, दिनेश राई, अमृत तामाङ, कन्चन राई, रन्जित राई र जीवन राई छानिएका छन् ।
नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि जीफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला थिए । कार्यक्रममा भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा, भोजपुर नगरपालिका-८ का अध्यक्ष नवीन प्रधान, टेम्केमैयुङ गाउँपालिका-५ का अध्यक्ष सुनिल राई , नेपाल पत्रकार महासंघका अध्यक्ष एक्सन राई, आदिवासी जनजाती महासंघकी केन्द्रीय सदस्य रेणुका भुजेल, मानवअधिकार आयोग (एलायन्स) का जिल्ला अध्यक्ष अर्जुन तामाङ, यातायात स्वतन्त्र मजदुर संगठनका पदाधिकारीको उपस्थिति थियो ।