छ महिनामा साढे ५ हजार विद्युतिय गाडी नेपाल भित्रिए
काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा साढे ५ हजार विद्युतिय गाडी नेपाल भित्रिएका छन् ।
चालू आर्थिक वर्ष २०८०/८१ को पुस महिनासम्म विद्युतिय कार, भ्यान र बस गरी ५ हजार ३६३ वटा गाडी नेपाल भित्रिएका हुन् ।
भन्सार विभागलले सार्वजनिक गरेको तथ्याङक अनुसार ६ महिनामा ५ हजार १०७ विद्युतिय कार, भ्यान र जिप आयात भएका छन् । भने, २५६ वटा विद्युतिय मिनि बस आयात भएका छन् ।
नेपालमा सबैभन्दा बढी ५१ किलोवाट देखि १०० किलोवाटसम्मका २ हजार ९७० विद्युतिय गाडी भित्रिएका छन् ।
त्यस्तै, ५० किलोवाटसम्मका २ हजार ५६ वटा गाडी, १०१ किलोवाट देखि २०० किलोवाटसम्मका ६८ र २०१ किलोवाट देखि ३०० किलोवाटसम्मका १३ वटा विद्युतिय गाडी आयात भएका छन् ।
पुस महिनासम्म आयात भएका ५ हजार १०७ विद्युतिय कार, जिप र भ्यानबाट १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बाहिरिएको छ । भने, २५६ वटा मिनि बापत ८१ करोड ३८ लाख ५० हजार रुपैयाँ बाहिरीएको छ ।