रुपन्देहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान दुर्घटना भएको हो ।
लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादवको मृत्यु भएको छ ।
यस्तै, भारतको सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
बाक्लो हुस्सु र शीतलहरूको समयमा तीव्र गतिमा मोटरसाइकल हाँक्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।