उच्च अदालतको न्यायाधीश वरिष्ठताक्रम विवादमा न्याय परिषद्- कनिष्ठलाई वरिष्ठ मान्नुपर्ने अवस्था अन्त्य गरिएको हो
काठमाडौं । न्याय परिषद्ले न्याय परिषद् नियमावलीमा गरिएको संशोधनलाई लिएर उत्पन्न विवादबारे स्पष्टिकरण दिँदै उप्रान्त यस विषयमा प्रश्न नउठाउन आग्रह गरेको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा न्याय सेवाका विशिष्ट श्रेणी अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्दा वरिष्ठता क्रममा कहाँ हुने भन्नेबारे उक्त संशोधनले स्पष्ट पारेको थियो ।
मुख्य रजिष्ट्रारको हकमा मुख्य न्यायाधीशभन्दा ठिक पछि र न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतको हकमा विशिष्ट श्रेणीमा नियुक्त भएको मितिभन्दा पछि उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएरका व्यक्तिभन्दा अगाडिको वरिष्ठताक्रम कायम गर्ने गरी नियमावली संसोधन भएको थियो ।
यस विषयलाई लिएर दायर भएको रिटमा सर्वोच्च अदालतले समेत कानुन प्रतिकुल र बेमुनासिव मान्न नमिल्ने भनी ब्याख्या भएकाले आग्रहपूर्ण धारणा निर्माण नगर्न परिषद्ले आग्रह गरेको छ । नियमावली संसोधनले आफूभन्दा कनिष्ठ भएर काम गरेकालाई न्यायाधीश वरिष्ठताक्रममा वरिष्ठ मान्नुपर्ने अवस्था अन्त्य भएको परिषद्ले स्पष्ट पारेको छ ।
यस्ताे छ परिषदकाे स्पष्टाेक्ति: