सार्वजनिक यातायात सुधारका लागि बनेको कार्यदलले बुझायो प्रतिवेदन – Nepal Press

सार्वजनिक यातायात सुधारका लागि बनेको कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । यातायात क्षेत्र सुधारका लागि बनाएको समितिले आज यातायात व्यवस्था विभागमा प्रतिवेदन बुझाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समितिको सदस्य रहेको थियो । समितिका तर्फबाट अध्यक्ष विजयबहादुर स्वाँरले विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा ८ वटा खण्ड मार्फत कसरी सार्वजनिक यातायात सुधार गर्न सकिन्छ भनेर १८१ पेज प्रतिवेदनमा रहेको छ ।

गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट आवश्यक सुझावहरूसहित प्रतिवेदन पेस गर्ने भनिएको थियो । समिति पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ कार्यदल समिति गठन भएको थियो ।

विभागका महानिर्देशक रिजालले यातायात क्षेत्र सुधारको लागि प्रतिवेदन तयार भएको बताए । प्रतिवेदन अध्ययन गरेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर