राम मन्दिर पुनःस्थापनाप्रति पाकिस्तानको आपत्ति, भारतमा बढ्दो हिन्दूत्व क्षेत्रीय शान्तिमा खतरा
काठमाडौं । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएकोमा पाकिस्तानले आपत्ति जनाएको छ ।
इस्लामिक गणतन्त्र पाकिस्तानको विदेश मन्त्रालयले सोमबार साँझ वक्तव्य जारी गर्दै अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिर निर्माण गरिएकोमा निन्दा व्यक्त गरेको हो ।
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ- शदियौं पुरानो मस्जिदलाई ६ डिसेम्बर १९९२ मा चरमपन्थीहरुको भीडले ध्वस्त पारेको थियो । दुर्भाग्यवश भारतको सर्वोच्च अदालतले अपराधीहरुलाई रिहामात्र गरेन, मस्जिद जलाइएको ठाउँमा मन्दिर बनाउन अनुमति दियो ।
पाकिस्तानले पछिल्लो घटनाक्रमले भारतीय मुसलमानहरुलाई राजनीतिक र सामाजिक रुपमा सीमान्तकृत गर्दै लगिने चिन्ता बढेको जनाएको छ । पाकिस्तानले भारतमा हिन्दूत्व विचारधाराको तीव्र लहरले क्षेत्रीय शान्ति र सौहार्दताका लागि खतरा बनेकोसमेत जनाएको छ । उसले संयुक्त राष्ट्रसंघलगायत अन्य अन्तर्राष्ट्रिय संगठनहरुलाई समेत इस्लामिक धरोहरस्थललाई चरमपन्थीबाट जोगाउन पहल गर्न आग्रह गरेको छ ।
भारतबाट पाकिस्तान छुट्टिदा २०.५ % हिन्दु थिए। आज पाकिस्तानमा १.५ % हिन्दु छन् । पाकिस्तानले पश्चिमाको साथ लिएर यस्तो बक्तब्य निकाल्नु खेद जनक छ।