चौधरी ग्रुपले पायो हिरोको आधिकारिक बिक्रेता, नेपालमै वार्षिक ७५ हजार एसेम्बल गर्ने – Nepal Press

चौधरी ग्रुपले पायो हिरोको आधिकारिक बिक्रेता, नेपालमै वार्षिक ७५ हजार एसेम्बल गर्ने

काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता ज्योति समूहबाट चौधरी समूहले पाएको छ । हिरोले नेपालमा सन् २०१४ देखि बाइक र स्कुटर विक्री गर्दै आएको थियो । सीजी मोर्टसले विज्ञप्ति निकालेर आधिकारिक बिक्रेता पाएको बताएको हो ।

हिरोको आधिकारिक बिक्रेताको पाएपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वव्यापी रूपमै स्थापित हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरकको मान्यता पाएको सुनाउन पाउँदा हामी खुसी भएका बताए ।

उनले भने, ‘यो सहकार्यले बजार विस्तार तथा हिरोका नयाँ उत्पादनहरूको प्रवर्द्धनमा ठूलो महत्त्व राख्नेछ । हिरो मोटोकर्पको अटो मोबाइल बजारमा पुनः प्रवेश र हिरोसँगको सहकार्यले बजार हिस्सा बढाउने छ । हामीसँग स्थानीय बजारको राम्रो ज्ञान छ, हामी निकट भविष्यमै हिरोको एसेम्बल प्लान्ट पनि स्थापना गर्नेछौं ।’

हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले पनि सीजी मोटोकर्पसँगको सहकार्यले नेपालमा हिरोका उत्पादनहरूको रिब्राण्डिङसहित बजार हिस्सा समेत बढ्ने बताए ।

हिरो मोटोकर्पले सीजी मोटोकर्पसँगको सहकार्यमा नेपालमा अत्याधुनिक एसेम्बल प्लान्ट निर्माण गर्नेछ । नवलपुरमा निर्माण हुने एसेम्बल प्लान्टबाट वार्षिक ७५ हजार मोटरसाइकल तथा स्कुटरहरू उत्पादन हुनेछन् ।

एसेम्बल प्लान्ट सन २०२४ कै मार्चबाट सुरु हुने पनि दुई कम्पनीहरुबीचको समझदारी पत्रमा उल्लेख छ ।

हिरोले एक्सप्लस २००, एक्सप्लस २०० टी, एक्सट्रिम १६० आर, एक्सट्रिम २००आर, सुपर स्प्लेण्डर, ग्ल्यामर लगायतका मोटरसाइकल बेचिरहेको छ ।

त्यस्तै, डेस्टिनी १२५, मएस्ट्रो एड्ज र प्लेजर स्कुटर बेचिरहेको छ । हिरोले तत्कालै भिडा भीआई इलेक्ट्रिक स्कुटर पनि ल्याउने तयारी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर