एनसेलको शेयर खरिदबिक्री विवादमा अन्तरिम आदेश कायमै, फैसलाको पेशी स्थगित गर्न नपाइने – Nepal Press

एनसेलको शेयर खरिदबिक्री विवादमा अन्तरिम आदेश कायमै, फैसलाको पेशी स्थगित गर्न नपाइने

काठमाडौं । एनसेलको शेयर खरिदबिक्री विवादमा पाटन उच्च अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यसअघि पुस २१ गते उक्त आदेश जारी भएको थियो ।

स्वामित्व हस्तान्तरणसम्बन्धी विषय प्रथम दृष्टिमै विचारणीय देखिएको भन्दै शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले चाँडो किनारा लगाउनुपर्ने प्रकृतिको भएकाले लिखित जवाफ परेपछि वा पर्ने अवधि समाप्त भएपछि अग्राधिकार दिई कुनै पक्षबाट पनि पेशी स्थगित गर्न नपाउने गरी पेशी चढाउन आदेश गरेको हो ।

यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने विषयमा छलफलका लागि सोमबार पाटन उच्च अदालतमा सुनुवाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर