गण्डकीविरुद्ध मधेशका अनिल शाहले प्रहार गरे शतक
नेपाल प्रेस
२०८० माघ ११ गते ११:१६
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध मधेशका अनिल शाहले शतक प्रहार गरेका छन् ।
उनले १०४ बलमा शतक प्रहार गरेका हुन् ।
टियु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले ३३ ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएर खेलिरहेको छ ।
मधेशका मायन यादवले २७, कप्तान हरिशंकर शाहले २ र पवन सराफ ४० रन बनाएर आउट भए । गण्डकीका सन्दीप पराजुलीले २ र कृष्ण पौडेलले १ विकेट लिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर