राष्ट्रियसभामा निर्वाचित भएपछि शेखर निवासमा सिटौला – Nepal Press

राष्ट्रियसभामा निर्वाचित भएपछि शेखर निवासमा सिटौला

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेता डा. शेखर कोइराला निवासमा पुगेका छन् । सिटौला विराटनगरस्थित कोइराला निवास पुगेका हुन् ।

प्रतिनिधिसभामा दुई पटक पराजित सिटौला कोशीबाट राष्ट्रियसभामा उम्मेदवार बनेसँगै चर्चामा आएका थिए । गठबन्धनमा फ्लोर क्रस हुँदा पनि सिटौलाले एमाले-राप्रपाको गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका छन् ।

सिटौलालाई राष्ट्रियसभाको सम्भावित अध्यक्षको रुपमा पनि हेरिएको छ । इतर पक्षको नेतृत्व गरिरहेका कोइरालाले पनि सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

तर, कोशीमै महिलातर्फ एमालेकी रुक्मिणी कोइरालाले जितेपछि गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर