दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग
नेपाल प्रेस
२०८० माघ १४ गते ७:१०
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरेको छ ।
३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले अध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।
एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । उनको राजीनामासँगै पद खाली रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर