‘चोकोफन बिगफन’ अब नयाँ ‘प्याक’ मा – Nepal Press

‘चोकोफन बिगफन’ अब नयाँ ‘प्याक’ मा

काठमाडौं । नेपालको कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो उत्पादन ‘चोकोफन बिगफन’ को नयाँ प्याक बजारमा ल्याएको छ ।

चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफर र ‘भेनिला स्ट्रीपका ४ तहहरू सहित ‘चोकोफन बिगफन’ बजारमा ल्याइएको हो ।

‘चोकोफन बिगफन’ को नयाँ प्याकको स्वादले उपभोक्तालाई अधिक रमाइलो र खुसीका साथै आनन्द प्रदान गर्ने कम्पनीले जनाएको छ । नयाँ प्याकमा ल्याइएको चोकोफन चम्किलो रातो रंग र सुनौलो रंगमा उपभोक्ताको प्राथमिकतालाई सम्बोधन गर्ने समेत जनाइएको छ ।

१० रुपैयाँको १५ ग्राम चोकोफनको नयाँ प्याक जार र प्याकेटमा बजारमा उपलब्ध छ। नयाँ प्याकको बजार प्रवर्द्धन ‘ह्याप्पी न्यू प्याक टु यू’ का साथ राष्ट्रव्यापी रूपमा प्रवर्द्धन अभियान सुरु गरिएको छ ।

सुजल फूड्सले विगत ५० वर्ष देखि अन्तर्राष्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

नयाँ प्याकले उपभोक्ताहरूको मन जित्न सफल रही बालबालिका तथा युवाहरूको जीवनको अभिन्न अंगका रूपमा धेरै रमाइलो र खुसी प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर