नेटोले अमेरिकाको रक्षा गर्न सक्दैन: डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा रिपलिब्कन पार्टीबाट लगभग राष्ट्रपति उम्मेदवार पक्कापक्की भएका डोनाल्ड ट्रम्पले नेटोले अमेरिकाको रक्षा गर्न नसक्ने बताएका छन् ।
नेटो सदस्य देशहरुले आफ्ना प्रतिबद्धता पूरा नगरेको भन्दै ट्रम्पले यस्तो बताएका छन् । शनिबार नेटोबारे बोल्दै ट्रम्पले अमेरिकामा हमला भएमा नेटो आएर रक्षा गर्न नसक्ने बताए ।
चुनावी अभियानको क्रममा लज भेगासको एक समारोहमा बोल्दै ट्रम्पले भनेका छन्, ‘हामीले नेटोमा लगानी गरिरहेका छौं । तर, यसबाट पाउने चैं केही छैन ।’
आपूmले नेटोबारेमा यस्तो भन्नुभन्दा खेद भएको भन्दै उनले नेटोको विधानको धारा ५ अनुसार एक देशमा भएको आक्रमणमा अरु सबैले रक्षा गर्ने कुरा अमेरिकामा लागू नहुने बताएका छन् ।
ट्रम्पको यो भनाइलाई रुसी सरकारी मिडियाहरुले प्रमुखताका साथ प्रकाशन गरेका छन् । खासगरी रुसी सरकारी विश्व च्यानल आरटीले यसको कभर प्राथमिकताका साथ गरेको छ ।
ट्रम्प लामो समयदेखि नेटोको पक्षमा छैनन् । उनले सन २०१७ मा नेटोको कुनै कामै नभएको बताएको आरटीले उल्लेख गरेको छ ।