अमेरिकाबाट आठ हजार यात्रु बोक्ने २० तले विश्वकै सबैभन्दा ठूलो पानीजहाजको यात्रा सुरु
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मियामीबाट बीस तलाको यात्रुवाहक पानीजहाजको यात्रा सुरु भएको छ । बीबीसीका अनुसार झण्डै आठ हजार यात्रु अटाउने बीस तलाको पानीजहाजको लम्बाई ३६५ मिटर रहेको छ ।
यो विश्वको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाज हो । रोयल क्यारिबियन गु्रपको स्वामित्वमा भएको पानीजहाजको पहिलो यात्रा शनिबार भएको बीबीसीले उल्लेख गरेको छ । यात्रा एक हप्ता चल्ने बताइएको छ । पानीजहाज भित्रै वाटर पार्क, सात स्विमिङ पुलदेखि कयौँ रेष्टुरेन्ट तथा बारहरु भएको बीबीसीले उल्लेख गरेको छ ।
आइकन अफ दि सिज् नाम दिइएको पानीजहाजले विश्वभर चर्चा कमाएपनि वातावरण क्षेत्रबाट भने आलोचना भएको छ । पानीजहाजले उत्सर्जन गर्ने मिथेनको विषयलाई लिएर आलोचना भएको बीबीसीले उल्लेख गरेको छ ।
फिनल्याण्ड बनाइएको उक्त जहाजको निर्माण खर्च दुई बिलियन अमेरिकी डलर रहेको छ ।