एसिडसम्बन्धी कानून १५ दिनमा बनाएको हो, अहिलेको प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो : ओली
‘थप कडाईको लागि प्रधानमन्त्रीलाई भेटेरै कुरा गर्छु’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसिडपीडित सम्बन्धी कानून आफूले १५ दिनभित्र बनाएको दाबी गरेका छन् । एसिडपीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सबै तहबाट छलफल गरेर १५ दिनभित्र कानून बनाएको बताए ।
उनले भने, ‘यसलाई अझै कडाइ गर्नुपर्छ । शीर्ष नेता र प्रधानमन्त्रीलाई भेटेरै कुरा गर्छु । यो कानून ल्याउँदा अहिलेको प्रधानमन्त्री मसँगै हुनुहुन्थ्यो त्यसैले म फेरि उहाँको ध्यानाकर्षण गराउँछु । हाम्रो समाजमा यस्ता घटना हुन नदिने उपलब्धता नै हुनु हुँदैन । के प्रयोजनाका लागि कसरी भन्ने कुरा कसले किन कुन मात्रामा किनेको हो ? प्रयोग भयो कि भएन बाँकी छ भने त्यो फिर्ता गराउनुपर्छ । जोसुकैले जहाँसुकै उपलब्ध नै गर्न नपाउने व्यवस्था गर्नुपर्छ ।
उनले एसिडको बिक्रीपछि कहाँ प्रयोग भयो भन्ने विषयमा पनि प्रशासनले रिपोर्ट राख्नुपर्ने बताए । उनले कानून कडाको पक्षमा रहेको भन्दै संशोधन गर्नुपर्ने बताए ।